
कर्णाली प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय
शिक्षा विकास निर्देशनालय
डोल्पा
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | उदेश्य | अलग-अलग सेवा प्रवाहलाई एकिकृत गरी सामाजिक विकास कार्यालय स्थापना गरी सोहि कार्यालय मार्फत सेवा प्रवाह गर्नुका उद्देश्यहरु देहाय बमोजिम रहेका छन : १. एकद्वार प्रणाली मार्फत सेवा प्रवाह गर्दा मितब्ययी हुने । २. सेवाग्राहीलाई एकै स्थानमा सामाजिक क्षेत्रका विभिन्न सेवाहरु उपलब्ध हुने । ३. सेवा एकद्वार प्रणाली मार्फत प्रवाह गर्दा विभिन्न सेवाहरु परिपुरक हुने । ४. कर्मचारीहरुमा आफ्नो विषयगत क्षेत्रको अभ्यास गर्ने तथा अन्तर शाखा परामर्श कार्य जिम्मेवारी बहन गर्ने थप मौका प्रदान कार्य दक्षता बढ्ने । ५ . विभिन्न विषयगत क्षेत्रका कर्मचारीहरु एकै स्थानमा हुने हुदा कर्मचारीको अभाब कम हुने । ६. साधन र स्रोतको प्रयोग प्रभावकारी भई कार्यमा शिघ्रता आउने । ७.महिला वालबालिका दलित ज्येष्ठ नागरिक अपाङ्ग लगाएत विद्यालय एवम् खेलकुद पूर्वाधार विकासका भौतिक निर्माण सम्वन्धी कार्यमा सेवाग्राहीलाई प्रत्यक्ष रुपमा नजिकवाट सेवा पुर्याउन । | २०८२-०६-१० | — |
| २ | संक्षिप्त परिचय | नेपाल एक बहुजातिय तथा बहुभाषिक विशेषता युक्त देश हो । नेपालको संविधान २०७२ ले गरेको ब्यवस्था अनुसार हालमा हाल सातवटा प्रदेश तथा ७५३ वटा स्थानीय तहहरु रहेका छन । सातवटा प्रदेश मध्ये कर्णाली प्रदेश पिछडिएको तथा बिकासका लागि विभिन्न सम्भावनाहरु बोकेको प्रदेश हो । शिक्षा, महिला, वालवालिका, दलित तथा ज्येष्ठ नागरिकका कामहरु यस प्रशेका दशैवटा जिल्लाहरुवाट गर्ने सहज होस र सेवा प्रवाहमा प्रभावकारिता एवम् चुष्तता आवस भन्ने हेतुले कर्णाली प्रदेश सरकारको मिति २०७६ भाद्र ६ गतेको निर्णालनुसार यस सामाजिक विकास कार्यालय डोल्पाको विधिवत रुपमा स्थापना २०७६ साल कार्तिक १५ गते भएको हो । | २०८२-०६-१० | — |
| ३ | कार्यक्षेत्र | क) विद्यालयहरुको भौतिक निर्माण सम्बन्धी संरचनाहरुको सम्झौता तथा कार्यान्वयन ख) विद्यालयको भौतिक निर्माण कार्यको अनुगमन घ) छात्रवृत्ति सम्बन्धी सूचना प्रकाशन, अभिलेखिकरण, छनौट तथा वितरण ङ) कर्णाली प्रदेश स्वयंसेवकहरुको निर्वाहभत्ता निकासा च)अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र संचालन व्यवस्थापन छ)SIP/VEP/MEP निर्माण कार्यशाला संचालन ज)बालमैत्री स्थानीय शासन प्रबद्धन कार्यक्रम संचालन झ)छुवाछुत विरुद्धको अभियान कार्यक्रम संस्था मार्फत संचालन ञ)बालविबाह बालश्रम सामाजिक विकृति तथा छाउपडीप्रथा विरुद्धको अभियान संचालन ट)जनजाति महिलाहरुको परम्परागत सीप विकास कार्यक्रम संचालन ठ)भोटे समुदायको लोप हुँदै गएको चौरीवोट, गलैंचा तथा राडीपाखी सीप विकास कार्यक्रम संचालन ड)जेष्ठ नागरिकमा भएको ज्ञान सीप तथा अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम संचालन ढ)विशेष शिक्षा संचालन भएको विद्यालयलार्इ अनुदान ण)किशोर किशोरीहरुको लागि रुपान्तरण कार्यक्रम संचालन त)दलित समुदायको मूलप्रवाही करण कार्यक्रम संचालन थ)जिल्लास्तरमा विद्यार्थीहरुको प्रतिभा पहिचान कार्यक्रम संचालन | २०८२-०६-०९ | — |