संक्षिप्त परिचय
नेपाल एक बहुजातिय तथा बहुभाषिक विशेषता युक्त देश हो । नेपालको संविधान २०७२ ले गरेको ब्यवस्था अनुसार हालमा हाल सातवटा प्रदेश तथा ७५३ वटा स्थानीय तहहरु रहेका छन । सातवटा प्रदेश मध्ये कर्णाली प्रदेश पिछडिएको तथा बिकासका लागि विभिन्न सम्भावनाहरु बोकेको प्रदेश हो । शिक्षा, महिला, वालवालिका, दलित तथा ज्येष्ठ नागरिकका कामहरु यस प्रशेका दशैवटा जिल्लाहरुवाट गर्ने सहज होस र सेवा प्रवाहमा प्रभावकारिता एवम् चुष्तता आवस भन्ने हेतुले कर्णाली प्रदेश सरकारको मिति २०७६ भाद्र ६ गतेको निर्णालनुसार यस सामाजिक विकास कार्यालय डोल्पाको विधिवत रुपमा स्थापना २०७६ साल कार्तिक १५ गते भएको हो ।

