उदेश्य
अलग-अलग सेवा प्रवाहलाई एकिकृत गरी सामाजिक विकास कार्यालय स्थापना गरी सोहि कार्यालय मार्फत सेवा प्रवाह गर्नुका उद्देश्यहरु देहाय बमोजिम रहेका छन : १. एकद्वार प्रणाली मार्फत सेवा प्रवाह गर्दा मितब्ययी हुने । २. सेवाग्राहीलाई एकै स्थानमा सामाजिक क्षेत्रका विभिन्न सेवाहरु उपलब्ध हुने । ३. सेवा एकद्वार प्रणाली मार्फत प्रवाह गर्दा विभिन्न सेवाहरु परिपुरक हुने । ४. कर्मचारीहरुमा आफ्नो विषयगत क्षेत्रको अभ्यास गर्ने तथा अन्तर शाखा परामर्श कार्य जिम्मेवारी बहन गर्ने थप मौका प्रदान कार्य दक्षता बढ्ने । ५ . विभिन्न विषयगत क्षेत्रका कर्मचारीहरु एकै स्थानमा हुने हुदा कर्मचारीको अभाब कम हुने । ६. साधन र स्रोतको प्रयोग प्रभावकारी भई कार्यमा शिघ्रता आउने । ७.महिला वालबालिका दलित ज्येष्ठ नागरिक अपाङ्ग लगाएत विद्यालय एवम् खेलकुद पूर्वाधार विकासका भौतिक निर्माण सम्वन्धी कार्यमा सेवाग्राहीलाई प्रत्यक्ष रुपमा नजिकवाट सेवा पुर्याउन ।

